नियम १५१
म्याद तामेल गर्न सहयोग गर्नु पर्ने
(१) लिखतमा उल्लिखित ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भनी तामेलदारको प्रतिवेदन पर्न आएमा सम्बन्धित पक्षले म्यादवालाको घर ठेगाना देखाई म्याद तामेलमा सहयोग गर्नु पर्नेछ।
(२) मुद्दाको कुनै पक्षलाई म्याद तामेल गर्ने सम्बन्धमा अदालतले सहयोग मागेमा सो बमोजिम सहयोग गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।